एक सय ९१ जनालाई सुरक्षित गर्भपतन सेवा

177

नेपालगन्ज-नेपाल परिवार नियोजन संघ बाँकेले एकवर्षमा १ सय ९१ जनालाई सुरक्षित गर्भपतन सम्बन्धी सेवा दिएको छ । विषेशगरी १८ देखी ३० वर्ष उमेर समुहका महिलाले उक्त सेवा लिएका छन् । संघका वरिष्ठ शाखा प्रबन्धक हरिबहादुर विष्टका अनुसार संघले १२ हप्ता सम्मको गर्भलाई सुरक्षित रुपले पतन गराउने गरेको छ । कानुनले मान्यता दिएको बलात्कार र अनिच्छित गर्भ मात्र चिकित्सकको स्वीकृती बमोजिम पतन गराउने व्यवस्था रहेको उनको भनाई छ ।

संघले पाठेघरको क्यान्सर भए/नभएको पत्ता लगाउन ७ सय ६३ जना महिलाको पाठेघरको मुख परिक्षण गरेको छ । यस्तै परिवार नियोजन संघले सञ्चालन गरेको एकिकृत परिवार नियोजन शिविरबाट १ सय ९२ जनाले सेवा लिएका छन् । जस अनुसार १ सय १ जनाले महिलाले ईम्प्लान्ट, ७५ जना महिलाले मिनिल्याप र १६ जना पुरुषले भ्यासेक्टोमीमार्फत स्थायी बन्ध्याकरण गराएका छन् । संघले यही पुस २ गतेबाट कचनापुर हुदै बैजापुर, बिनौना, फत्तेपुर, गंगापुर, कम्दी, बेतहनी र १६ गते सम्म नौवस्तामा शिविर सम्पन्न गरिसकेको वरिष्ठ शाखा प्रवन्धक विष्टले जानकारी दिए ।

Womui
Womui