‘एचसीआरसी’ कप ब्याडमिन्टन प्रतियोगिता हुदै

145

नेपालगन्ज-एचसीआरसी कप ब्याडमिन्टन प्रतियोगिता यही पुष अन्तिम सातादेखी सुरु हुने भएको छ । नेपालगन्जस्थित हेल्थ केयर अस्पतालले पुष २५ देखी २७ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजकका अनुसार रंगशालास्थित कर्वड हलमा सञ्चालन हुने उक्त प्रतियोगितामा १३ वर्ष र १६ वर्ष मुनिका महिला तथा पुरुष र खुल्ला डबल्सका ५ वटा ईभेन्टका खेल खेलाइनेछ ।

प्रतियोगितामा जुनियरतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार स्वरुप खेल सामाग्री प्रदान गरिनेछ, भने खुल्लातर्फ पहिलो हुनेलाई सुनको सिक्का, दोस्रोलाई नगद १० हजार र तेस्रो स्थानमा आउने दुई जनालाई ५÷५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । नेपालगन्जमा सोमबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष डा. कुमार शान शाहले अस्पतालको सम्पुर्ण खर्च व्यवस्थापनमा प्रतियोतिगिता गर्न लागिएको बताए ।

Womui
Womui