मानव बेचविखनको उच्च जोखिममा बाँके

94

नेपालगन्ज-बाँके जिल्ला मानव बेचविखनको उच्च जोखिममा रहेको पाइएको छ । बाँकेबाट भारत गएका अधिकांस महिला अहिले सम्म सम्पर्कमा छैनन् । बाँकेबाट हराएका २ सय ८ महिलाको खोजीका लागी निवेदन परेकोमा ४ जनाको मात्र उद्धार गर्न सकिएको माईती नेपाल नेपालगन्जले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । माईती नेपालका क्षेत्रीय संयोजक केशव कोईरालाले खुल्ला सिमानाको कारण मानव बेचबिखनको जोखिम बढ्दै गएको बताए ।

नेपालका अति जोखिममा रहेका २६ जिल्ला मध्ये बाँके पनि रहेको उनले बताए । यस्तै बेपत्ताको खोज तलासका लागी ८ सय ३४ जनाको निवेदन दर्ता भएकोमा १ सय ५४ जना मात्र फेला परेका छन् । गतवर्ष खोज तलासका लागि ७ सय ३१ वटा निवेदन दर्ता भएकोमा १ सय १३ जना फेला परेका छन् । माईती नेपालले गतवर्ष ५ सय ७८ जनालाई सीमाबाट परामर्श दिएर घर फिर्ता गराएको थियो । यसवर्ष २ सय २३ जनालाई परामर्श दिएर घर फिर्ता गरेको छ । माईती नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१६ मा श्रम र यौन शोषणमा परेका २६ जनालाई उद्धार गरिएको छ ।

Womui
Womui