स्थानीय सरकार कार्यसञ्चालन सम्बन्धी अभिमुखिकरण

61

नेपालगन्ज–खजुरा गाउँपालिकाले शनिबारबाट स्थानीय सरकारः कार्य सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ । ईन्रुडेक कोहलपुरको सहकार्य तथा साझेदारी विकास परियोजनाको सहयोगमा नेपालगन्जमा अभिमुखिकरण सुरु गरिएको हो ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा संविधान एवम् कानुन विद् काशिराज दाहाल, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी लगायतले बोलेका थिए । उद्घाटन शत्र लगत्तै कानुन विद् दाहालले खजुरा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई सहजीकरण गरेका छन् ।

दुई दिन सम्म चल्ने अभिमुखिकरणमा संघिय प्रणाली र स्थानीय सरकार, स्थानीय सरकारको प्रशासनिक र न्यायिक अधिकार, स्थानीय सरकार र आर्थिक कार्यप्रणाली, स्थानीय सरकारको योजना तर्जुमा र कार्यान्वयन, स्थानीय सरकार र कार्यसञ्चालन लगायत विषयमा सहजिकरण गरिने ईन्रुडेकका सुमन विश्वकर्माले जानकारी दिए ।

अभिमुखिकरण कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गाउँकार्यपालिका सदस्य, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको बताइएको छ । यसअघि बिहीबार र शुक्रबार दुई दिन सम्म राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई पनि स्थानीय सरकारः कार्यसञ्चालन सम्बन्धी अभिमुखिकरण गरिएको थियो ।

Womui
Womui