राप्तीसोनारी गाउँपालिकाको निरिक्षणमा दाहाल

113

नेपालगन्ज-अधिकार सम्पन्न संघिय प्रशासनिक पुर्नसंरचना कार्यान्वयन समितिका अध्यक्ष एवम् कानुनविद् काशिराज दाहालले शनिबार बाँकेको राप्तीसोनारी गाउँपालिकाको स्थलगत निरिक्षण गरेका छन् ।

कार्यक्रमको सिलशिलामा केहीदिन देखी बाँकेमा रहेका दाहालले राप्तीसोनारी गाउँपालिकाको कार्यालय अगैयामै पुगेर स्थलगत निरिक्षण गरे । उक्त गाउँपालिकाले अगैयामा रहेको सरकारी भवनबाट कामकाज सञ्चालन गर्दै आएको छ । चाईना कम्पनीले प्रयोग गरेर छाडेको भवनको ४२ वटा कोठा मध्ये हाल १२/१३ वटा कोठा मर्मत गरेर कार्यालयको काम सञ्चालन गरिएको छ । अधिकार सम्पन्न संघिय प्रशासनिक पुर्नसंरचना कार्यान्वयन समितिका अध्यक्ष दाहालले राप्तीसोनारी गाउँपालिकाको कार्यालय भवन देखेर दंग परे । मुलुकभर रहेका अधिकांस गाउँपालिका कार्यालयहरुले भवन अभावको समस्या झेल्नुपरेको भन्दै उनले राप्तीसोनारी मात्र यस्तो भाग्यमानी गाउँपालिका रहेको बताए ।

गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले कार्यालय सञ्चालनका लागी भवनको अभाव खेप्नु नपरेको बताएका थिए । सो क्रममा कानुनविद् दाहाललाई गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री, प्रमुख प्रशासकिय अधिकृत भरतकुमार मल्ल, वडा अध्यक्ष, वडा सदस्य लगायतले भव्य स्वागत गरेका थिए । राप्तीसोनारी गाउँपालिका पुगेका दाहालले अगैयामा रहेको सिक्टा सिचाई आयोजनाको ब्यारेज तथा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयको अवलोकन पनि गरे ।

Womui
Womui