पहिलो पटक प्रादेशिक महोत्सव आयोजना गरिदै

127

नेपालगन्ज-नेपालगन्जमा पहिलो पटक प्रादेशिक महोत्सव आयोजना गरिदैछ । आगामी माघ ११ गतेदेखि २२ गतेसम्म नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो । ‘कृषि, जडिवुटी, पर्यटन, सूचना प्रविधी, उद्योग र व्यापारको प्रर्वद्धन र रोजगारी, प्रादेशिक महोत्सव–२०७४ को चिनारी’ भन्ने मुख्य नाराका साथ नेपालगन्जको कारकाँदोस्थित सडक विभाग परिसरमा महोसत्व हुन लागेको हो ।

महोत्सवबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलन ।

संघको सभाकक्षमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको तयारी तिब्र रुपले अगाडी बढाइएको आयोजकले जानकारी दिईयो । नेपालगन्जमा बहुउद्देश्यीय सभागृह तथा प्रर्दशनी स्थल निर्माण सहयोगार्थ महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । महोत्सवमा भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत देशका व्यापारिक तथा कृषि लगायत क्षेत्रसँग सम्बन्धित स्टलहरु राखिनेछ । महोत्सव तयारीका लागि संघका अध्यक्ष बैश्यको संयोजकत्वमा ७ सय ५१ सदस्यीय मुल आयोजक समिति र २२ वटा उपसमिति गठन गरिएको छ । महोत्सवले ५ करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष बैश्यले जानकारी दिए ।

Womui
Womui