‘समायोजनका क्रममा कर्मचारीको सुविधा कटौती हुदैन’ : दाहाल

174

नेपालगन्ज-‘अधिकार सम्पन्न संघिय प्रशासनिक पुर्नसंरचना कार्यान्वयन समिति’ का अध्यक्ष एवम् कानुनविद् काशिराज दाहालले कर्मचारी समायोजनका विषयमा बाँकेका कार्यालय प्रमुखसँग सुझाव लिएका छन् । कर्मचारी मिलनकेन्द्र नेपालगन्जमा शुक्रबार प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी सहित बाँकेका विभिन्न सरकारी कार्यालयप्रमुखसँग छलफल गरी समितिका अध्यक्ष दाहालले सुझाव दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उपस्थित कर्मचारी लगायत ।

सो क्रममा अध्यक्ष दाहालले कर्मचारी समायोजनमा ऐनले विभिन्न विकल्प दिएको बताए । उनले कर्मचारीको वृत्ति विकासका मार्ग अवरोध नहुने बताउँदै समायोजन हुनेलाई उपदान लगायतका सुविधामा कुनैपनि कटौती नहुने प्रष्ट्याए । स्थानीय तहका कर्मचारी स्थानीय तहमै समायोजन भईसकेको दाहालले जानकारी दिए । त्यसक्रममा उपस्थित कर्मचारीले समायोजन भईसकेपछि अन्यत्र सरुवा हुन पाउने व्यवस्था हुनुपर्ने माग गरे । उनीहरुले एउटै जिल्ला र प्रदेशमा मात्रै आफुहरुलाई सिमित नराख्न आग्रह पनि गरे । कार्यक्रममा चुस्त सेवा प्रवाह गर्ने सम्बन्धी २५ बुँदे प्रतिवद्धतालाई शिघ्र कार्यान्वयन गर्ने, बागेश्वरी मन्दिर वरपरको क्षेत्र व्यवस्थित गर्न उपमहानगरपालिका प्रमुखको अध्यक्षतामा गठित समितिसँग सहकार्य गरेर ६ महिनाभित्र सुन्दर र व्यवस्थित गर्ने लगायतका प्रतिवद्धता पनि बैठकले गरेको छ ।

Womui
Womui