मध्यपश्चिममा मानव अधिकार उल्लंघना घटनामा बृद्धि

49

नेपालगन्ज-प्रदेश नम्वर ५ र ६ का १६ जिल्लामा पछिल्लो ६ महिनामा मानवअधिकार उल्लंघनका घटनामा बृद्धि भएको छ । इन्सेकको क्षेत्रीय कार्र्यालय नेपालगन्जले शुक्रबार सार्वजनिक गरेको साविकको मध्यपश्चिमका १५ जिल्लामा मानअधिकार अवस्थाको तथ्यांकगत विवरणमा यस अवधिमा ४ सय २३ मानव अधिकार उल्लंघनका घटना भएका र ६ सय ६० जना पीडित भएको उल्लेख छ ।

अघिल्लो ६ महिनामा ३ सय ८९ घटनामा ४ सय ९७ जना पीडित भएका थिए । पछिल्लो ६ महिनामा राज्य पक्षबाट भएका ५३ वटा मानवअधिकार उल्लंघनका घटनामा १ सय ९४ जना र गैर राज्य पक्षबाट भएका ३ सय ७० वटा घटनामा ४ सय ६६ जना पीडित भएको पाईएको छ । इन्सेकको तथ्यांक अनुसार यस अवधिमा महिला अधिकारसँग सम्बन्धीत घटना सबैभन्दा बढि अर्थात २ सय २४ घटना भएका छन् । यो ६ महिनामा ४८ बालबालिका पीडित भएको पाइएको छ । निर्वाचनको समयमा मानवअधिकार उल्लंघनका घटना बढेको इन्सेकका क्षेत्रीय संयोजक भोला महतले बताए ।

Womui
Womui