बाँकेमा दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता

141

नेपालगन्ज-दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगितामा बुधबार विभिन्न विधाका ५ वटा खेल भएका छन् । पुरुषतर्फको १ हजार ५ सय मिटर दौडमा मध्यपश्चिमका माधव चौधरी प्रथम भए । उनले ४ मिनेट २७ सेकेन्ड एक पल्समा दौड पूरा गरि प्रथम हुँदा मध्यमाञ्चलका सुभास थापा ४ मिनेट २७ सेकेन्ड ४ पल्समा दुरी पूरा गरि दोस्रो भएका छन् । उक्त खेलमा सुदूर पश्चिमाञ्चलका सुनिल सुनार ४ मिनेट २७ सेकेन्ड ८ पल्समा दुरी पूरा गरि तेस्रो हुन सफल भए ।

महिलातर्फको १५ सय मिटर दौडमा मध्यपश्चिमकी चन्द्रा घर्ती प्रथम भईन् । उनले ६ मिनेट ३५ सेकेन्ड ४ पल्समा दुरी पार गरिन् । भने पश्चिमाञ्चलकी सुस्मिता भट्टराईले ६ मिनेट ४३ सेकेन्ड ६ पल्समा दुरी पार गरि दोस्रो र सुदूरपश्चिमकी रेखा चन्दले ६ मिनेट ५२ सेकेन्डमा निर्धारित दुरी पार गरेर तेस्रो स्थान ओगट्न सफल भईन् । पुरुषतर्फको ४०० मिटर दौडमा सुदूरपश्चिमका केशर रावल प्रथम, सुदूरपश्चिमकै राजेशबहादुर चौधरी दोस्रो र मध्यमाञ्चलका छिरिङ लामा तेस्रो भए । महिलातर्फको ४०० मिटर दौडमा पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ प्रथम भइन् । मध्यपश्चिमकी पूजा चौधरी दोस्रो र सुदूरपश्चिमकी अनिता भुल तेस्रो भइन् ।

शटपुट महिला तर्फको खेलमा पश्चिमाञ्चलकी सुमित्रा थापा प्रथम भईन् । उनले ८ दशमलव ४५ मिटर रेकर्ड राख्दा पश्चिमाञ्चलकी अस्मिता सेर्पाली दोस्रो र सुदूरपश्चिमकी मिना धामी तेस्रो भएकी छन् । अस्मिताले ८ मिटर ४३ मिटर पर फालिन्, भने मिनाले ८ दशमलव १४ मिटर दुरी फाल्न सफल भइन् । पुरुषतर्फको लङजम्पतर्फ मध्यमाञ्चलका भुवन महत्तो प्रथम, मध्यपश्चिमका सुशिल केसी दोस्रो र पूर्वाञ्चलका सुरज माझी तेस्रो भए । बाँके जिल्ला एथलेटिक्स संघको आयोजनामा बुधबारदेखी बाँकेको खजुरा गाउँपालिका वडा नम्वर २ सीतापुरस्थित शुक्र माध्यामिक बिद्यालयमा सुरु भएको हो ।

Womui
Womui