दोस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको तयारी पुरा

131

नेपालगन्ज-बाँकेको खजुरामा बुधबार हुन लागेको दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिताको तयारी पुरा भएको छ । खजुरा गाउँपालिका वडा नम्वर २ सीतापुरस्थित शुक्र माध्यामिक बिद्यालयमा प्रतियोगिताको उद्घाटन हुदैछ । उद्घाटन बिहान ११ बजे हुने बताइएको छ । प्रतियोगिता सुरु हुनुभन्दा अगाडी झाँकी प्रदर्शन गरिनेछ । प्रतियोगिताको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले खेलकुदलाई ग्रामिण स्तरसम्म पुरयाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बाँकेको सितापुरमा प्रतियोगिता आयोजना गरिएको बताए ।

कुल ११ विधा समेटिएको प्रतियोगितामा २० बर्षमुनीका ९० जना खेलाडीको सहभागिता रहने बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष विक्रमजंग थापाले जानकारी दिए । प्रतियोगितामा ट्रयाकतर्फ एक सय मिटर, दुईसय, चार सय, ८ सय, १५ सय, ५ हजार र ४ गुने ४ सय मिटर रिले दौड तथा फिल्डतर्फ हाईजम्प, लङजम्प, त्रिपल जम्प, सटफुट, ज्याभलिन थ्रो विधामा प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ९० जना खेलाडीको सहभागिता रहने बताइएको छ । पुस १४ गते सम्म सञ्चालन हुुने प्रतियोगितामा सहभागी हुन ५ वटै विकास क्षेत्रका खेलाडी नेपालगन्ज आइसकेको थापाले जानकारी दिए ।

Womui
Womui