मानव वेचविखनविरुद्ध शिक्षकलाई तालिम

129

नेपालगन्ज-नेपालगन्जमा मानव वेचविखनविरुद्ध माध्यामिक तहका शिक्षकलाई तालिम दिइएको छ । माइती नेपाल नेपालगन्जको आयोजनामा १६ वटा माध्यामिक तहका २६ जना प्रधानाध्यापक तथा सामाजिक शिक्षाका विषय शिक्षकलाई तालिम दिइएको हो । तालिममा सहभागीले मानव वेचविखनका कारण, दलालले अपनाउने तरिका, वेचविखन हुने स्थान तथा वेचविखनका प्रयोजनका बारेमा तालिम प्रदान गरिएको थियो ।

कार्यक्रमका बारेमा जनाकरी दिदै माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले विगतमा जसरी यसपटक पनि बिद्यालयका प्रधानाध्यापक र सामाजिक शिक्षाका शिक्षकलाई मावन बेचविखनका विरुद्धमा जनकारी गराएको र यसबाट बिद्यार्थीहरुलाई सरल रुपमा बुझाउन सकिने विश्वास गरे । यसैबीच नेपालगन्ज उपमहानगरपालिका– २० मनिकापुरका युवाहरु अब मावन वेचविखन विरुद्ध लाग्ने भएका छन् । सोमबार माइती नेपाल नेपालगन्ज र माइती नेपाल युवा सञ्जाल बाँकेले गरेको कार्यक्रममा मनिकारपुरका करिव ४५ जना युवाको सहभागिता रहेको थियो ।

Womui
Womui