कोहलपुरमा गुटखाजन्य पदार्थ निषेध

104

कोहलपुुर-कोहलपुर नगरपालिकाकालाई गुटखाजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरिएको छ । उद्योग बाणिज्य संघसँगको सहकार्यमा नगरपालिकाले सोमबार गुटखाजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरेको हो ।

नगरपालिकाको प्रथम नगरसभा २०७४ बाट पारित नीति तथा कार्यक्रम अनुसार सोमबार नगरपालिकालाई गुटखाजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिएका छन् । नगरपालिकाकालाई गुटखाजन्य पदार्थ निषेधित क्षेत्र घोषणापछि नगरक्षेत्रभित्र कुनैपनि सुर्ती, चुरोट, खैनीजन्य पदार्थ विक्री वितरण गर्न पाइने छैन । यदी कसैले विक्री वितरण गरेको पाइएमा पहिलो पटक नगरपालिकामा बोलाएर सम्झाउने, दोस्रो पटक ५ सय जरिवाना, तेस्रो पटक हजार जरिवाना र चौथो पटक पनि विक्री वितरण गरेको पाइएमा नगरपालिका तथा नगरक्षेत्रका अन्य कार्यालयबाट प्रदान गरिने सेवा सुविधा रोक्का गरिने प्रमुख रावतको भनाई छ ।

Womui
Womui