सरकार गठनअघि पार्टी एकता हुदैन : श्रेष्ठ

33

गोरखा-नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सरकार गठन गर्नुअघि पार्टी एकता हुनै नसक्ने बताएका छन् । पार्टी एकता प्राविधिक कारणले हुन नसक्ने भएकाले सरकार गठनपछि मात्र गरिने उनले स्पष्ट पारे । गोरखामा सोमबार पत्रकारसँग भने, ‘हामी छिटोभन्दा छिटो पार्टी एकता गर्न चाहन्छौं तर सरकार गठनभन्दा अगाडी प्राविधिक कारणले गर्दा एकता हुने सम्भावना छैन ।’

सरकार गठनको आफ्नै संवैधानिक, कानूनी प्रक्रिया रहेको उनको भनाई छ । श्रेष्ठले भने, ‘सरकार बन्ने जुनदिन ढोका खुल्छ त्यो दिन सरकार बनाइहाल्नु पर्छ, त्यसैले निश्चित विन्दुसम्म नपुगुञ्जेल पार्टी एकताको प्रक्रियाको घोषणा हुन सकेन भने पनि सरकार गठन रोकिनु हुँदैन ।’ कांग्रेसले प्रस्ताव गरेको एकल संक्रमणीय प्रणालीका लागि आवश्यक लचकता अपनाउन आफ्नो पार्टी तयार रहेको बताए । विज्ञहरुले यदी एकल संक्रमणीय प्रणालीमा जान सकिने सुझाव दिएमा त्यसदिशामा जान आफ्नो पार्टी तयार रहेको नेता श्रेष्ठले जोड दिए ।

Womui
Womui