चलचित्र ‘मन त परदेशी’ प्रर्दशनको तयारीमा

46

नेपालगन्ज- नेपाली कथानक चलचित्र मन त परदेशी देशभर प्रर्दशनको तयारीमा रहेको छ । उक्त चलचित्र यही पौष १४ गतेबाट देशभर प्रर्दशनमा आउन लागेको निर्माण पक्षले जनाएको छ । प्रचार प्रसारको लागि नेपालगन्ज आइपुगेको चलचित्रको टिमले पत्रकार सम्मेलन गरी चलचित्र एकदमै राम्रो निर्माण भएको जानकारी दियो । चलचित्रका निर्माता दुर्गाबहादुर खड्काले बेरोजगार युवाको कथा बस्तु चलचित्रमा समेटिएको बताए ।

बाँके, बर्दिया र कतारमा छायांकन गरिएको चलचित्रले लगानी उठाउनेमा आफुहरु आशावादी रहेको उनले बताए । निर्देशक देव नेपालका अनुसार रोजगारीको लागि विदेशिएका नेपाली युवाले झेल्नु पर्ने समस्यालाई यस चलचित्रमा समेटिएको छ । चलचित्रमा दिपेशराज पाण्डे र समिता गिरीको मुख्य भुमिका रहेको छ । यस्तै चलचित्रमा विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

Womui
Womui