बाँके जिल्ला फुटबल संघमा पुनः शाही

58

नेपालगन्ज-बाँके जिल्ला फुटबल संघको अध्यक्षमा भोजराज शाही पुनः निर्वाचित भएका छन् । नेपालगन्जमा सोमबार सम्पन्न जिल्ला अधिवेशनले चार वर्षे कार्यकालका लागी शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही ।

संघको उपाध्यक्षमा उपाध्यक्ष निजामुद्दिन सिद्दिकी, नागिन देवी श्रेष्ठ र मोहनसिंह थापा मगर निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा गोवर्धनसिंह सम्झना, प्रदेश सिंह राठौर, सानु तामाङ, चिमबहादुर घर्ती, केशवबहादुर राना, कृपालदेव गिरी, दीपबहादुर महतारा, जनक के.सी र टोपेन्द्र खत्री रहेका छन् । संघको महासचिव, कोषाध्यक्ष लगायत मानार्थ पदमा कार्यसमितिको बैठकबाट चयन गरिने नवनिर्वाचित अध्यक्ष शाहले बताए । संघमा जिल्लाका १४ वटा क्लब आवद्ध छन् ।

Womui
Womui