धनधान्याञ्चल महायज्ञमा दानबीरको सहभागिता बढ्दै

57

नेपालगन्ज-नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा जारी श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा दाताले धमाधम सहयोग गर्न थालेका छन् । नीलसागर बृद्धाश्रमको ‘शिवपार्वती निवास कैलाश भवन’ निर्माण सहयोगार्थ सञ्चालित महायज्ञमा नगद तथा जिन्सी सहयोग गरिएको हो । उक्त महायज्ञमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलसम्शेर राणाले एक महिनाको तलब सहयोग गरेका छन् । नगर प्रमुखको हैसियतले पाउने ५५ हजार रुपैयाँ बृद्धाश्रम भवन निर्माणका लागी सहयोग गर्ने उनले घोषणा गरेका हुन् । बृद्धाश्रमको भवन निर्माण जस्तो पवित्र काममा सहयोग गर्न पाउँदा आफुलाई गर्व महसुस भएको मेयर राणाले बताए ।

नेपालगन्जमा रहेका दातालाई सहयोगका लागी उनले आब्हान पनि गरेका थिए । महायज्ञ स्थलमा पुग्ने दाताले दिनहुँ सहयोग घोषणा गरिरहेका छन् । यसैक्रममा नेपालगन्जस्थित ज्योतिश डा. गौरी शंकर शर्माले ११ हजार १ सय ११, राँझा निवासी मन्दिरा राउतले ११ हजार १ सय ११, नेपालगन्जस्थित पुरानो पोरवाल ज्वैलर्सले ११ बोरा सिमेन्ट, शोभा ज्वैलर्सले ११ बोरा सिमेन्ट, बालेराम रमाशंकर ज्वैलर्सले ११ बोरा सिमेन्ट, नेपालगन्ज गणेशपुरस्थित प्रेमकला बस्यौलाले ५ हजार रुपैयाँ सहयोग गरेकी छन् ।

हिन्दु जागरण नेपाल, बाँकेको मुल आयोजनामा सञ्चालित महायज्ञमा दिनहुँजसो भक्तजन तथा दानबीरको उपस्थिती पनि बढ्दै गएको मुल समारोह समितिका संयोजक नारायण सुवेदीले बताए । महायज्ञमा वाचन शिरोमणि पं. श्री कोमल उपाध्यायले कथा वाचन गरिरहेका छन् । धनधान्याञ्चल महायज्ञ दानबीर तथा सहयोगीको विस्तारै सहभागिता बढ्न थालेको संयोजक सुवेदीको भनाई छ ।

Womui
Womui