नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना

100

नेपालगन्ज-बाँकेको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका सांसदलाई बधाई तथा शुभकामना दिइएको छ । नेपाल हेल्प लाईन फाउण्डेशन, बाँकेको आयोजनामा नवनिर्वाचित सांसदद्धयलाई बधाई तथा शुभकामना दिइएको हो ।

फाउण्डेशनका अध्यक्ष मुस्लिम खानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य मोहम्मद ईस्तियाक राई, प्रदेश सभा सदस्यद्धय सुरेन्द्र हमाल र विजयबहादुर यादव, संस्थाको संरक्षक बदरुद्दीन खान, संस्थाका संयोजक बदरुद्दुजा खान, जिल्ला समन्यवय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तव, उपप्रमुख ज्ञानेन्द्र चौधरी, व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भेरी अञ्चल नेपालगन्ज बाँकेका प्रमुख जेन्टिल गौतम, वडा नम्बर ६ का वडाअध्यक्ष समीरप्रताप सिंह, लगायतको उपस्थिती रहेको थियो ।

सो क्रममा फाउण्डेशनका सचिव मुनीर खानले संस्थाको स्थापनाकाल देखि हाल सम्मका शैक्षिक, स्वास्थ्य, सीप, स्वरोजगारी लगायतका उपलब्धी मूलक कार्यक्रमबारे जानकारी दिएका थिए । यस्तै संस्थाका संरक्षक बदरुद्दीन खान तथा संस्थाका अध्यक्ष मुस्लिम खानले प्रमुख अतिथी, अतिथीलाई बधाई तथा शुभकामना दिंदै दोसल्ला ओढाएर सम्मान गरेका थिए । संस्थाका संरक्षक बदरुद्दीनले संस्थाको संक्षिप्त परिचय दिएका थिए, भने कोषाध्यक्ष शहाबुद्दीन खानले कार्यक्रम सञ्चालन गरेका थिए ।

Womui
Womui