उद्योग वाणिज्य संघ बोल्यो : ‘प्रदेश राजधानी नेपालगन्जलाई बनाईयोस्’

221

नेपालगन्ज-नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेलाई प्रादेशिक राजधानी बनाउन माग गरेको छ । अध्यक्ष नन्दलाल बैश्य र महासचिव अजयकुमार टण्डनले संयुक्त रुपमा विज्ञप्ती निकालेर बिहीबार औपचारिक रुपमा यस्तो माग गरेका हुन् । ‘पश्चिम नाकाको प्रवेशद्धार समेत रहेको औद्योगिक शहर नेपालगन्ज पूर्वाधारको हिसाबले पनि प्रदेशको केन्द्र बनाउन सक्षम देखिन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘सर्माथ्य र पूर्वाधारहरु सबै अनुकुल भएको सन्र्दभमा प्रदेश नम्बर ५ को राजधानी नेपालगन्ज बाँकेलाई बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघ यसै विज्ञप्ती मार्पmत जोडदार माग गर्दछ ।’

प्रदेशको केन्द्र तोक्ने विषयमा यति बेला राजनीतिक क्षेत्रमा चलेको बहसप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उक्त विज्ञप्तीमा जनाइएको छ । कुनैपनि प्रदेशको केन्द्र वा राजधानी तोक्दा सुविधा र हेर्ने नक्सा भन्दा जनताको सहज पहँुचलाई ध्यानमा राख्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘त्यसै अनुरुप ऐतिहासिक नेपालगन्ज शहर विगतदेखि नै जनताको पहँुच भएको शहरको रुपमा परिचित छ,’ विज्ञप्तीमा भनिएको छ ।

Womui
Womui