आगलागी पीडितलाई नमुनाको सहयोग

132

नेपालगन्ज-राप्ती सोनारी गाउँपालिका ५ बिनौनाका आगलागी पीडित तिकालाल थारुको परिवारलाई प्रदेश सभा-१ ‘क’ बाट निर्वाचित सदस्य कृष्णा केसी नमुना ले राहत वितरण गरेकी छन् । सदस्य नमुनाले आगलागी पीडित परिवारलाई आईतबार आधा दर्जन कम्बल वितरण गरेकी हुन् । शनिबार दिउँसो घरमा कोही पनि नभएको अवस्थामा तिकालाल थारुको घर र मेवालाल थारुको गोठमा आगलागी हुँदा घर र गोठ दुबै जलेर पुर्ण रुपमा क्षति भएको थियो । प्रदेश सभा सदस्य नमुनाले यो राहत प्रारम्भिक रुपमा अहिले प्रदान गरिएको बताउँदै अन्य राहातका लागि सम्बन्धित निकायमा पहल गरिएको जानकारी दिईन् । ‘पुर्ण रुपमा क्षति पुगेको घर निर्माणका लागी मैले आफ्नो तर्फबाट सम्बन्धित निकायमा पहल गरिरहेकी छु,’ उनले भनिन् ।

 

यसैबीच नवनिर्वाचित प्रदेश सभा सदस्य नमुनाले आइतबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ र ७ का मतदातासँग भेटघाट गरेकी छन् । उनले मतदातालाई मतदान गरेर आफुलाई विजयी गराएकोमा धन्यबाद दिदै निर्वाचनको क्रममा गरेका प्रतिबद्वता पूरा गरेरै छाड्ने प्रतिवद्वता जनाईन् । मतदाताहरुले प्रदेश सभा सदस्य नमुनालाई विभिन्न मागहरु राख्दै निर्वाचनका क्रममा गरेका बाचाहरु नर्बिसन आग्रह गरे । स्थानीय रेशम थारुले भने, ‘विगतका सांसदले जस्तो जितेपछि गाउँलाई बिर्सिने काम नगर्नुहोला, हाम्रा दुःख र सुखमा साथ दिन गाउँमा आईरहनु होला ।’

Womui
Womui