महोत्सवमा विज्ञान प्रर्दशनीले तान्यो दर्शक

44

नेपालगन्ज-नेपालगन्जमा सञ्चालन भइरहेको आठौं राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सवमा विभिन्न बिद्यालयका बिद्यार्थीहरुले राखेको विज्ञान प्रदर्शनीका स्टलले सबैको ध्यान खिचेको छ । बिद्यार्थी, शिक्षक मात्र होइन अन्य दर्शकहरु बिद्यार्थीको विज्ञान प्रदर्शनीमा झुम्मिएको देख्न पाईन्छ । ज्ञानोदय माध्यामिक बिद्यालय खजुरा, स्प्रिङ्डेल, पशुपति, जेनिथ बोर्डिङ लगायतका स्कुलले विज्ञान प्रदर्शनी गरिरहेका छन् । उनीहरु आफै स्टलमा बसेका छन्, भने विज्ञान प्रदर्शनीका बिषयमा आगन्तुकलाई जानकारी समेत दिइरहेको देख्न पाईन्छ ।

ज्ञानोदय माध्यामिक बिद्यालय, जेनिथ खजुराका बिद्यार्थीले अत्याधुनिक पुलको डिजाईन नै तयार पारेका छन् । उनीहरुले हाईड्रोलिक पुल, मोटरबेल स्पेन्सन ब्रिजको नमना नै तयार गरेका छन् । सो बिद्यालयका बिद्यार्थी भानुभक्त कुमाल, विजय मिश्र, सुनैना थापा, निरज पौडेलले सो पुलहरुको नमुना तयार गरेका हुन् । यसैबीच महोत्सवमा आईतबार शंकर बिसी, रमेश राज भट्टराई, टिका पुन, अन्जली अधिकारी, रोजिना अधिकारी लगायतका कलाकारले मञ्च तत्ताए । महोत्सवको चौथो दिन सोमबार चर्चित लोक गायक बद्री पंगेनी, पुरुषोत्तम न्यौपाने लगायतका कलाकार आउँदै छन् । उनीहरु लगायत राजनराज सिवाकोटी, राजनराज सिवाकोटी, दिपसागर थापा, आरुसी मगर लगायतको उपस्थिती रहने प्रचार–प्रसार समितिका संयोजक बसन्त लामिछानेले जानकारी दिए ।

Womui
Womui