कथाकार शाहलाई पुर्णिमाको सम्मान

139

नेपालगन्ज-मदन पुरस्कार विजेता कथाकार महेशविक्रम शाह पुर्णिमा साहित्य रत्न २०७४’ बाट सम्मानित भएका छन् । हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले हरेक बर्ष प्रदान गर्दै आएको ११ हजार राशीको उक्त सम्मान यसवर्ष कथाकार शाहलाई प्रदान गरेको हो । शनिबार एक कार्यक्रमकाबीच कथाकार शाहलाई प्रदान गरेको छ । सम्मान ग्रहण गर्दै शाहले सम्मानबाट लेखकहरुलाई जिम्मेवार बोध गराउने बताए ।

कथाकार शाहले यसैबर्ष आफ्नो अर्को कृति भुईखाट कथा संग्रह प्रकाशनमा आउन लागेको जानकारी दिए । कार्यक्रममा कवि मोमिला जोशीले एकल कविता बाचन गरेकी थिईन् । साहित्यकार सनत रेग्मीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य हरीप्रसाद तिमिल्सेना, साहित्यकार हरिमाया भेटवाल, उमा सुवेदी लगायत बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलालीका साहित्यकारको सहभागिता रहेको थियो । साहित्यकारलाई प्रोत्साहन गर्नका लागि प्रतिष्ठानले विगत चारबर्षदेखि सम्मान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले जानकारी दिए । प्रतिष्ठानले यसअघि स्वर्गिय प्रेमप्रकाश मल्ल मधुकर, कथाकार सनत रेग्मी, कविद्धय भिष्म उप्रेती र दिनेश अधिकारीलाई प्रदान गरेको थियो ।

Womui
Womui