‘नमुना धरहरा’ले तान्यो दर्शक

189

नेपालगन्ज-भुकम्पले भत्काएको राजधानीको ऐतिहासिक सम्पदा धरहराको झझल्को दिने गरी नेपालगन्जमा जारी आठौं राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सवमा नमुना धरहरा स्थापना गरिएको छ ।

उक्त धरहराले नेपालगन्जको शैक्षिक महोत्सव आउने दर्शकहरुलाई तानेको छ । महोत्सवमा आउने दर्शकहरु उक्त धरहरा हेर्न झुम्मिएका हुन्छन् भने तस्बिर र सेल्फी खिचिरहेका हुन्छन् । ‘काठमाडौंको धरहरा कहिल्यै प्रत्यक्ष देख्न पाएको थिइँन,’ महोत्सव हेर्न कोहलपुरबाट आएकी दिपिका श्रेष्ठले भनिन्, ‘यहा“ हेर्न पाउ“दा खुसी लागेको छ ।’ शैक्षिक महोत्सव आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाकेका संस्थापक अध्यक्ष तथा महोत्सव प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले ऐतिहासिक सम्पदा धरहरा ढले पनि त्यसको प्रचार–प्रसार गर्न धरहरा बनाइएको बताए । ‘कहिल्यै धरहरा नदेखेकाले उत्सुक भएर हेरिरहका छन् भने देखि सकेकाले सम्झिरहेका छन्,’ लामिछानेले भने । बास र बान्द्रो, इट्टा मिलाएर बनाएको उक्त धरहरा २४ फिट उचाईमा रहेको छ ।

Womui
Womui