डुडुवामा निःशुल्क स्वास्थ्य शिविर

51

नेपालगन्ज- बाँकेको डुडुवा गाँउपालिकामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ११ सय वढि स्थानीयबासीले स्वास्थ्य सेवा लिएका छन् । एस.ओ एस बालग्राम नेपालको आपतकालिन सहायता कार्यक्रमको सहयोगमा एसओएस बालग्राम सुर्खेत र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको संयुक्त आयोजनामा शनिबार डुडुवा गाउँपालिका–२ बेतहनीस्थित पशुपति माध्यामिक बिद्यालयमा निःशुल्क शिविर गरेको एसओएसका नायव निर्देशक तुलाराम बिश्वासले जानकारी दिए ।

क्षेत्रीय अस्पतालका मुटुरोग विशेषज्ञ डा. केएन पौडेलको नेतृत्वमा करिव एक दर्जन विशेषज्ञ डाक्टरले सेवा दिएका थिए । खासगरी बाढी प्रभावितलाई लक्षित गरि शिविरको आयोजना गरिएपनि सबै स्थानीयले स्वास्थ्य सेवा लिएको निर्देशक बिश्वासले बताए । त्यसक्रममा अधिकांश छालाको समस्या भएका, पाठेघर, आँखा, दात, दम लगायतका बिरामीहरुले शिविरबाट लाभ लिएको आयोजकले जनाएको छ ।

Womui
Womui