उपमहानगरपालिकाको पहलमा बैंकको सहयोग

149

नेपालगन्ज-नेपालगन्जको सरसफाई, ट्राफिक व्यवस्थापन र सुरक्षामा बैकिङ सहकार्य गरिदैछ । नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा भइरहेको बैकिङ क्षेत्रसँगको निरन्तर छलफलबाट नगरको सौन्दर्यकरणसँगै शान्ति सुरक्षामा समेत जोड दिन लागिएको हो । उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकमा बैंकर्सले नगरको सरसफाई, ट्राफिक व्यवस्थापन र सिसी टिभी जडानका लागि आर्थिक सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

व्यवसायीसँगको सहकार्यमा सुर्खेत रोड(ग्रीन वेल्ट)मा बिरुवा रोपेको उपमहानगरपालिकाले अब सबै खाले बैंकको सहयोगमा फोहर व्यवस्थापनका लागि डस्टविन राख्ने, यातायात पार्किङका लागि मार्किङ, स्थल व्यवस्थापन गर्ने र जनधनको सुरक्षार्थ सम्वेदनशिल स्थानमा सिसी टिभी जडान गर्ने लगायतको तयारी गरेको छ । नेपालगन्जस्थित वाणीज्य, विकास वैंक लगायत बैकिङ क्षेत्रका प्रमुख एवम् प्रतिनिधीले नगरको सुन्दरता, सुरक्षा र सरसफाईमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको उपमहानगरपालिकाका बरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालले जानकारी दिए । अर्यालका अनुसार बंैकको आर्थिक सहयोगलाई कोषमा जम्मा गरि व्यवस्थित परिचालन गरिनेछ । जिल्ला ट्राफिक प्रहरी कार्यालयकासँगको समन्वयममा ट्राफिक व्यवस्थापन र प्रहरी कार्यालयको सहकार्यमा सीसी टिभी जडान गरिने उपमहानगरपालिकाका प्रमुख डा. राणाले जानकारी दिए । उनले नगरको समग्र शान्ति, सरुक्षा र सरसफाईमा सबैसँगको हातेमालाको लागी अपिल पनि गरेका छन् ।

Womui
Womui