समानुपातिकतर्फ बाँकेमा काँग्रेस पहिलो

30

नेपालगन्ज-प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक मत गणनामा नेपाली काँग्रेस बाँकेमा पहिलो भएको छ । दुई लाख ७६ हजार ७ सय १६ मतदाता रहेको बाँकेमा नेपाली काँगे्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा गरी कुल ९४ हजार ४ सय २७ मत ल्याएको छ, भने दोस्रो स्थानमा आएको नेकपा एमालेले ९३ हजार ५ सय ९७ मत ल्याएको छ । प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसले ५० हजार ८ सय ५६ मत ल्याएर पहिलो भएको छ । यस्तै नेकपा एमाले ४८ हजार ६ सय ९७ मत ल्याएर दोस्रो, संघिय समाजवादी फोरम नेपालले २६ हजार ६४ मत ल्याएर तेस्रो तथा नेकपा माओबादी केन्द्रले २२ हजार ७ सय ६२ मत ल्याएर चौथो बनेको छ ।

यस्तै राप्रपाले ८ हजार १ सय ४, राष्ट्रिय जनता पार्टीले ३ हजार ३ सय ४८, विवेकशील साझा पार्टीले २ हजार १ सय ९५, एकिकृत राप्रपा (राष्ट्रवादी)ले १ हजार १ सय ३२, राप्रपा प्रजातान्त्रिकले ८ सय २६, नयाँ शक्तिले ७ सय ३५ र राष्ट्रिय जनमोर्चाले ६ सय १ मत ल्याएको छ । यसैगरी प्रदेश सभाको समानुपातिकतर्फ नेकपा एमाले ४४ हजार ८ सय ६० मत ल्याएर पहिलो भएको छ, भने नेपाली काँग्रेसले ४३ हजार ५ सय ७१ मत ल्याएर दोस्रो बनेको छ । यसैगरी संघिय समाजवादी फोरम नेपालले २३ हजार २ सय ५२, नेकपा माओबादी केन्द्रले २२ हजार ४ सय ६५, राप्रपाले ९ हजार ९ सय ५७, राष्ट्रिय जनता पार्टीले २ हजार ९ सय ७९, विवेकशील साझा पार्टीले १ हजार ८ सय ७९, राप्रपा प्रजातान्त्रिकले १ हजार २ सय ३६, एकिकृत राप्रपा(राष्ट्रवादी)ले १ हजार २ सय ५, नयाँ शक्तिले ८ सय ५५ र राष्ट्रिय जनमोर्चाले गिलास ५ सय ९४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ ।

Womui
Womui