नेपालगन्ज वडा नम्बर १२ मा ‘रक्सी निषेधित’

166

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १२ लाई रक्सी निषेधित गरिएको छ । बिहीबारबाट वडामा अभियान नै सुरु गरिएपछि रक्सी निषेधित गरिएको हो । उक्त वडाका महिलाको सक्रियतामा वडा कार्यालयले सो अभियान थालनी गरेको वडाअध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । उनका अनुसार अबदेखी उक्त वडाको सार्वजनिक स्थलमा जथाभावी रक्सी सेवन गर्न र घरपालुवा रक्सी बनाउन पाईनेछैन ।

अभियानकै क्रममा बिहीबार ब्यानर सहित सचेतना रयाली निकालिएको सुवेदीले जानकारी दिए । अबदेखी उक्त वडामा घरपालुवा रक्सी बनाउन नपाईने, सरकारबाट अनुमती लिएर खुलेका पसलले पनि बेलुका ७ देखी ९ बजे सम्म मात्र विक्री गर्नुपर्ने, एकाबिहानै रक्सी पसल खोल्न नपाईने, रक्सी खाएर हिडेको देख्ने वित्तिकै कारबाही स्वरुप सरसफाई गर्न लगाउने उनले बताए । घरपालुवा रक्सी बनाएर जिविकोपार्जन गर्ने परिवारलाई अन्य आय मुलक रोजगार दिने बताउँदै सुवेदीले भने, ‘कतिपय विपन्न परिवार छन्, जसले रक्सी बनाएर आफ्नो खर्च चलाईरहेका छन्, उनीहरुलाई बैकल्पिक आयमुलक रोजगार दिनेछौं ।’

Womui
Womui