देश अब आर्थिक समृद्धिको बाटोमा : उपराष्ट्रपति पुन

118

नेपालगन्ज-उपराष्ट्रपति नन्दबहादुर पुनले बिस वर्ष पछिलाई सम्झिएर शिक्षा नीति बनाउनुपर्नेमा जोड दिएका छन् । पछिसम्मका लागि सोचेर शिक्षा नीति नबनाउ“दा देशको शैक्षिक परिवर्तनमा उल्लेखिय प्रगति हुन नसकेको उपराष्ट्रपति पुनको भनाई छ । नेपालगन्जमा बिहीबारबाट सुरु भएको ‘आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव-२०७४’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गर्ने शिक्षा नीति बनाउन सरकारलाई सुझाव दिए । देशमा पुस्तक नीतिको समस्या रहेको बताउदै पुनले अस्पष्ट पुस्तक नीति निर्माणका लागि सरोकारवाला निकायलाई दबाब दिनुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति पुनले सबै तहका निर्वाचन सम्पन्न भइसकेपछि अब देश आर्थिक सम्बृद्धिको बाटोमा हिडेको बताए । उनले भने ‘देशले आर्थिक सम्बृद्धिको बाटो तय गरेको छ, यसमा सहभागि हुन म सबैलाई आह्वान गर्छु ।’ सोही अवसरमा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष हरिप्रसाद अर्यालले राज्यले पाठ्यपुस्तक उत्पादन तथा विक्री वितरणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरे । ‘अस्पष्ट सरकारी नीतिका कारण पाठ्य पुस्तकको उत्पादन, विक्री वितरण र ढुवानीमा समस्या नै समस्या झेल्नु परेको छ,’ उनले भने । अध्यक्ष अर्यालले साझा प्रकाशनको मुल्यमै निजी क्षेत्रलाई समेत पाठ्यपुस्तक उत्पादनमा प्रोत्साहन गर्न आग्रह समेत गरे । मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशक हरिप्रसाद गौतमले शैक्षिक जागरणका लागि शैक्षिक महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले शिक्षाले मात्र देश परिवर्तन गर्ने पनि बताए ।

Womui
Womui