आठौं राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सव नेपालगन्जमा सुरु

139

नेपालगन्ज-आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव-२०७४ बिहीबारबाट नेपालगन्जमा सुरु भएको छ । महोत्सवको प्रमुख अतिथी तथा उपराष्ट्रपति नन्दबहादुर पुनले एक भव्य समारोहका बीच उद्घाटन गरे ।

सो क्रममा शिक्षा क्षेत्रमा उल्लेखिय योगदान पुरयाउने शिक्षाविद्, समाजसेवी तथा स्रष्टाहरुलाई विशेष सम्मान गरिएको छ । ख्यातीप्राप्त शिक्षाविद्ध् एवम् काठमाडौं विश्वबिद्यालयका पुर्वउपकुलपति डा. सुरेशराज शर्मा, निर्माता, संगीतकर्मी एवम् कलाकार यादव खरेल, साहित्यकार सनत रेग्मी, समाजसेवी हरिप्रशाद रावत, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाकेका संस्थापक अध्यक्ष बसन्त लामिछाने, पूर्व अध्यक्ष नायाराण ज्ञवाली र प्राविधिक शिक्षाका क्षेत्रमा उल्लेखिय योगदान पुरयाउने सञ्जय सिंहलाई सम्मान गरिएको हो ।

 

सम्मानित भएपछि डा. शर्माले देशमा भएका शिक्षा क्षेत्रका परिवर्तनलाई सन्तोष मान्न सकिएपनि यसलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिए । आचार्यले समयक्रम अनुसार शिक्षा क्षेत्रमा आएका परिवर्तनलाई सबैले आत्मसाथ गर्न सक्नुपर्ने बताए । आगामी पुष ५ गते सम्म चल्ने महोत्सवका माध्यमबाट पुस्तक र त्यससंग जोडिएका बिद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्दै उनीहरुमा रचनात्मक क्षमताको अभिबृद्धि गर्ने उदेश्य रहेको छ । महोत्सवमा १ सय ५० बढी स्टलहरु रहेका छन् । यस्तै दुई लाख बढी दर्शक भित्र्याउने आयोजकको लक्ष्य छ । स्टलमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, वैदेशिक उच्च शिक्षाका लागि क्रियाशिल कन्सल्टेन्सी, सूचनामूलक कम्प्युटर सम्वन्धी एजेन्सी राखिएका छन् । महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन, कला र सँस्कृती जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभागिताका लागि खाजाघर एवम् प्राथमिक उपचार कक्ष छ ।

महोत्सवका माध्यमबाट नेपालगन्जको ऐतिहासिक र पुरानो महेन्द्र पुस्तकालय लगायत पुस्तकालयको प्रचार–प्रसार गरी संरक्षण तथा सम्वद्र्धनमा ध्यानाकर्षण गराउने, पठन संस्कृतिको अभियानमा लागि पर्ने व्यक्ति, संघ संस्थासँग सहकार्यमा सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै जिम्मेवार व्यवसायी संस्थाको रुपमा स्थापित गर्ने, व्यवसायीको दक्षता र क्षमता अभिवृद्धि गराई व्यवसायलाई प्रर्वद्धन गर्दै सामाजिक दायित्वबोधका साथ सक्षम तुल्याउने लक्ष्य रहेको छ । प्रथम पटक २०६४ सालमा बुटवलबाट शुरु भएको राष्ट्रिय शैक्षिक महोत्सव क्रमशः २०६६ मा पुन: बुटवल, दोस्रो २०६७ धनगढी, २०६८ चितवन, २०६९ पोखरा,२०७१ झापा, २०७२ मा ग्लोबल एक्पोजिसन संघको संयुक्त आयोजनामा काठमाडौं र २०७३ मा दाङ हुदै आठौं पटक नेपालगन्जमा गरिएको हो ।

 

Womui
Womui