परिणामबाट विचलित नहुन काँग्रेस उम्मेदवारको आग्रह

482

नेपालगन्ज-बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका लोकतान्त्रिक गठबन्धन(नेपाली कांग्रेस) का उम्मेदवारले निर्वाचन परिणामबाट विचलित नहुन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । उक्त क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार माधवराम खत्री, प्रदेश सभा-१ ‘क’ का सरदचन्द्र बर्मा र प्रदेश सभा-१ ‘ख’ का उम्मेदवार नारायणप्रसाद गौडेलले मंगलबार संयुक्त रुपमा विज्ञप्ती जारी गरी यस्तो बताएका हुन् ।

उक्त विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको महत्वपुर्ण चरणका रुपमा रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलता पुर्वक सम्पन्न गरेकोमा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं, यस निर्वाचन सफल पार्न अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, मतदाता लगायत लोकतान्त्रिक गठबन्धन बाँकेका सम्पुर्ण नेता, कार्यकर्तालाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।’ मतदाताको अपार माया र सहयोगका बीच पनि सुखद नतिजा प्राप्त गर्न नसकेपनि आफुहरु लोकतन्त्रको रक्षा, संविधान कार्यान्वयन लगायत यसक्षेत्रको विकास निर्माणको काममा खडो रुपमा उम्मेदवारहरुले उल्लेख गरेका छन् । ‘निर्वाचन परिणामलाई हामीले सहर्ष रुपमा स्वकार गरेका छौं, निर्वाचन परिणामबाट विचलित नहुन हामी सम्पुर्ण नेता, कार्यकर्तालाई अनुरोध गर्दछौं ।’ साथै निर्वाचन प्रक्रियामार्फत क्षेत्र नम्बर १ बाट निर्वाचित भएका प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यलाई बधाई तथा शुभकामना दिएका छन् ।

Womui
Womui