आठौं शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा

117

नेपालगन्ज-आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २८ देखी पुष ५ गते सम्म नेपालगन्जको कारकाँदोस्थित सडक विभागको परिसरमा महोत्सव हुदैछ । महोत्सव स्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक समितिका अध्यक्ष बुद्धिप्रसाद अधिकारीले तयारी अन्तिम चरणमा पुगेको बताए ।

महोत्सवका लागी १ सय ४० भन्दा बढि विभिन्न विधाका स्टलहरुसँग सम्झौता भइसकेको र अन्य स्टलसँग पनि सम्झौता हुने क्रम चलेको उनले जानकारी दिए । जसमध्ये ७५ प्रतिशत भन्दा बढि स्टलहरुमा विभिन्न विधाका स्थानीय, राष्ट्रियस्तरका पाठ्यपुस्तक, साहित्यीक कृति सहितका पुस्तकहरु रहने आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले जनकारी दिएको छ । उक्त महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भईसकेको प्रचार–प्रसार संयोजक बसन्त लामिछानेले बताए । महोत्सव अवधिभर विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा कपाल फुलेका बृद्धदेखी नर्सरी कक्षा सम्म पढ्ने बालबालिका सहभागी हुने लामिछानेको विश्वास छ । महोत्सव उद्घाटन गर्नुअघि बिहान ९ बजे स्थानीय धम्बोझी चोकबाट शोभायात्रा निकालिनेछ । शोभा यात्रामा विभिन्न झाँकी समावेश गरिने बताइएको छ । सो क्रममा केन्द्रिय र जिल्ला स्तरका २÷२ जना व्यक्तित्वलाई रथारोहन गराएर उद्घाटन कार्यक्रममा सम्मान गरिने आयोजकले जनाएको छ ।

 

Womui
Womui