शहरी स्वास्थ्य क्लिनिक भवन शिलान्यास

38

नेपालगन्ज-नेपालगन्जमा शहरी स्वास्थ्य क्लिनिक भवनको शिलान्यास गरिएको छ । नेपालगन्ज वडा नम्बर २३ स्थित ३ कठ्ठा सरकारी जमीनमा आठ कोठे भवन निर्माण हुन लागेको हो । स्वास्थ्य मन्त्रालय प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले भवन निर्माण गर्ने भएको हो ।

भवनको शिलान्यास गर्दै मेयर डा. धवल सम्शेर राणा ।

उपमहानगरपालिकाका प्रमुख डा. धवल सम्शेर राणाले एक कार्यक्रमकाबीच सोमबार विधिवत शिलान्यास गरे । ६५ लाख ४३ हजार लागतमा निर्माण हुने भवनको निर्माण जिम्मा राधा शर्मा कन्सट्रक्सन कम्पनी नेपालगन्जले लिएको उपमहानगरपालिका प्राविधिक तथा योजना शाखा प्रमुख इन्जिनियर सुरज गुप्ताले जानकारी दिएका छन् । इन्जिनियर गप्ताका अनुसार ८ महिनाभित्र भवन निर्माण गरिसक्नु पर्नेछ । भवन निर्माणपछि सो क्षेत्रका जनताले सहज र सर्वसुलभ प्राथमिक स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ ।

Womui
Womui