प्रदेश सभा सदस्य नमुना भन्छिन् : ‘राप्तीसोनारी र नरैनापुरलाई नमुना बनाउँछु’

121

नेपालगन्ज-बाँकेको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यहरु विजयी उत्सव मनाउन व्यस्त भएका छन् । उक्त क्षेत्रमा वाम गठबन्धन (नेकपा माओबादी केन्द्र)बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश्वरजंग गहतराज ‘अथक’ र प्रदेश सभा-१ ‘क’ का सदस्य कृष्णा केसी ‘नमुना’ विजयी उत्सवमा व्यस्त भएका हुन् ।

 

विजयी उत्सवमा सहभागी भएकी प्रदेश सभा सदस्य केसीले सोमबार मतदातालाई धन्यवाद दिदै राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई नमुना गाउँपालिका बनाएरै छोड्ने प्रतिवद्धता जनाईन् । विजयी उत्सवपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले ६ महिनाभित्र सबैको घरमा बत्ति बाल्ने गरी पहल गर्ने र रोकिएको बिद्युतीकरणको कामलाई एकहप्ताभित्रै सुचारु गर्न ताकेता गर्ने बताईन् । निर्वाचनको घोषणा पत्रमा गरिएका सबै प्रतिवद्धताहरु क्रमशः कार्यान्वयनको चरणमा लैजाने पनि उनले जोड दिईन् ।

 

Womui
Womui