प्रदेश सभा सदस्य हमाललाई बधाई लिन भ्याई नभ्याई- (फोटो फिचर)

111

नेपालगन्ज-बाँकेको प्रदेश सभा-२ ‘ख’ का नवनिर्वाचित सदस्य सुरेन्द्र हमाल सोमबार पनि बिहानैदेखी मतदाताको घरदैलोमा पुगेका छन् । आफुलाई अमुल्य मत दिएर निर्वाचित गराएकोमा धन्यवाद दिन उनी मतदाताको घरदैलोमा पुगेका हुन् ।

नेपाली काँग्रेस र राप्रपाका कार्यकर्तासहित हमाल सोमबार नेपालगन्जको वडा नम्बर ४ र ५ मा पुगेर भेटघाट गरिरहेको नेपाली काँगे्रेसका नेता एवम् वडा नम्बर २ का वडाअध्यक्ष सुनिलसिंह हमालले बताए । भेटघाटका क्रममा नेपालगन्जबासीले आफुलाई बधाई दिदै विकास निर्माणप्रति अपेक्षा गरेको नवनिर्वाचित प्रदेश सभा सदस्य हमालले बताएका छन् ।

Womui
Womui