सदाचार सम्मेलनमा १७ बुँदे घोषणा पत्र

59

नेपालगन्ज-बागेश्वरी असल शासन क्लब (बास)को १७ औं बार्षिकोत्सव तथा भ्रष्टाचार विरुद्धको १५ औं अन्र्तराष्ट्रिय दिवसका अवसरमा सदाचार सम्मेलन नेपालगन्जमा सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले १७ बुँदे नेपालगन्ज घोषणा पत्र समेत सार्वजनिक गरेको छ ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको विकास गर्ने, भ्रष्टाचारविरुद्ध संघीय र प्रदेश सभाका सांसद र स्थानीय तहका प्रतिनिधिलाई जवाफदेही बनाउने, भ्रष्टाचारविरुद्ध कार्यरत निकायलाई सहयोग गर्ने, कार्यक्रममा सहभागी युवा समाजका लागि अनुकरणीय बन्ने, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने, भ्रष्टाचार विरुद्ध प्रश्न सोध्ने सँस्कृती किन सँस्कृतिको विकास गर्ने, सार्वजनिक निकायको जवाफदेहिता प्रर्वद्धन गर्नका लागि सूचना माग्ने सँस्कृतीको विकास गर्ने, भ्रष्टाचार विरुद्धका ऐन, नियम, नियमावली अक्षरस कार्यान्वयन गर्न सम्वद्धहरुसँग जोडदार माग गर्ने, सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त पार्न सार्वजनिक निकायमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्नु र भ्रष्टाचार विरुद्धका कानुनको प्रभावकारी कार्यान्वयन गरिनुपर्नेे लगायतका प्रतिवद्धता छन् ।

उक्त सम्मेलनलाई सम्बोधन गर्दै आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले यूवाहरुले सदाचार प्रर्वद्धनका लागि तमासे नभई रोल मोडेल बन्नुपर्ने बताए । उनले सबै युवालाई ईमान्दार र निष्ठावान बन्न आग्रह गरे । सरकारी कर्मचारीलाई लक्षित गर्दै बास्कोटाले हरेक क्रियाकलापमा पारदर्शिता अपनाउन अनुरोध गरे । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भ्रष्टाचार न्यूनिकरण गर्न सबैको योगदान आवश्यक पर्ने बताए । उनले मान्छेले आफ्नो ब्यवहारलाई घरबाटै सुदृढ गरेमा सदाचार बन्न सक्ने बताए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्र्पक कार्यालय कोहलपुरका प्रमुख ईश्वर कार्की, गैसस महासंघका केन्द्रित सल्लाहकार गोपालनाथ योगी, बासका संस्थापक सल्लाहकार रुद्र तिमिल्सिना लगायतले बोलेका थिए । कार्यक्रम बासका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बासका रुपन्देही, स्याङ्जा र झापा शाखालाई उत्कृष्ट शाखा २०७४ को रुपमा सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीका रुपमा असल शासनकर्मी शुद्धप्रसाद थारुलाई सम्मान गरियो ।

तस्बिरहरु सबै : नमस्कार शाहको फेसबुकबाट

Womui
Womui