बामदेवलाई हराउँदै बर्दिया १ मा सञ्जय गौतम निर्वाचित

48

नेपालगन्ज-बर्दियाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका नेता सञ्जय गौतम निर्वाचित भएका छन् । सिचाई मन्त्री समेत रहेका सञ्जयले नेकपा एमालेका वरिष्ठ नेता एवम् पुर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई पराजित गरे । आईतबार अपरान्ह सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सञ्जयले ४४ हजार ८ सय २९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी वाम गठबन्धनका बामदेवले ४४ हजार ७६ मत ल्याएका छन् ।

सञ्जयले ७ सय ५३ मतको अन्तरले चुनाव जितेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । निर्वाचित भएपछि आफ्नो संक्षिप्त मन्तव्य दिदै गौतमले बर्दियाको विकासका लागी आफु जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताए । ‘बर्दियाबासीले मेरो मुल्यांकन गरेर जसरी जिताउनु भएको छ, यहाँहरुले दिएको जिम्मेवारी पुरा गरेरै छाड्छु,’ उनले भने । राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको बर्दिया क्षेत्र नम्बर १ मा काँग्रेस नेता सञ्जयले चुनाव जितेपछि वाम गठबन्धनभित्र ठुलो तरंग पैदा भएको विश्लेषकहरु बताउँछन् ।

सबै तस्बिरहरु : बिमल चन्दको फेसबुकबाट

 

Womui
Womui