बाँके क्षेत्र नम्बर ३ मा एमालेका नन्दलाल निर्वाचित

193

नेपालगन्ज-बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका नन्दलाल रोका(क्षेत्री) निर्वाचित भएका छन् । नेपाली काँग्रेसका बादशाह कुर्मीलाई पराजित गर्दै रोका निर्वाचित भएका हुन् ।

वाम गठबन्धनका उम्मेदवार बनेका रोकाले ३१ हजार ६ सय १ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रोकाका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका कुर्मीले २६ हजार ६ सय १७ मत प्राप्त गरेका छन् । निर्वाचित भएपछि वाम गठबन्धनले नेपालगन्जबाट विजयी रयाली निकालेको थियो । नेकपा एमाले र माओबादी केन्द्रका नेता, कार्यकर्ताले खुसियाली साटासाट गरेका थिए ।

Womui
Womui