‘बामदेव गौतमसँग रुष्ट’ थिए बर्दियाबासी

44

बर्दिया-देशभरि वामपन्थी लहर चलेको अवस्थामा बर्दिया–१ बाट नेपाली काँग्रेसका उम्मेदवार सञ्जय गौतमले एमाले उपाध्यक्ष बामदेव गौतमलाई पारजित गरेका छन् । वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष गौतमलाई गौतम विजयी भएका हुन् । सुरुमा मत परिणाममा अग्रस्थामा रहेका थिए। अन्तिमतिर आइपुग्दा भने उनी काँग्रेस उम्मेदवारसँग फिक्का देखिए। काँग्रेसका गौतमले ४४ हजार ८ सय २९ ल्याएर विजयी भए । उपाध्यक्ष गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका छन् । काँग्रेसका उम्मेदवारले ल्याएको मत एमाले उपाध्यक्ष गौतमको भन्दा ७ सय ५३ बढी छ । ग्रेसका उम्मेदवारले ल्याएको मत एमाले उपाध्यक्ष गौतमको भन्दा ७ सय ५३ बढी छ ।

कांग्रेसका उम्मेदवारसमेत रहेका मन्त्री सञ्जय गौतम आफ्नो गृह नगरको मत परिमाणबाट अग्रस्थानमा पुगेका थिए । स्थानीय तहको निर्वाचनमा बराबर्दिया,बासगढी, बढैयाताल नगरपालिकाको मेयरमा वाम गठबन्धनले जितेको थियो। कांग्रेसका गौतमले जितेको प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा वाम गठबन्धनको स्थानीय तहमा राम्रो पकड भएको क्षेत्र हो । चारै वटै स्थानीय तहरहेको प्रतिनिधिसभा १ मा वाम गठबन्धनको पकड क्षेत्र मानिन्छ । स्थानीय तहको मतपरिणाम जोड्दा २८ हजार वामगठबन्धन अघि थियो । गृहनगर गुलरिया नगरपालिकामा कांग्रेसका सञ्जयले २ हजार ८ सय ९३ मतले उपाध्यक्ष गौतमलाई पछाडि पारेका थिए । यसैगरी गृहनगर नगरपालिकामा पाएको मत जोगाउँदै माओवादी केन्द्रको पकड रहेको वारबर्दियामा क्षेत्रमा काँग्रेसका गौतम विजयी भएका थिए ।  बढैया ताल गाउँपालिकाबाट १५ सय मतले अगाडि रहेका वामदेव उपाध्यक्ष गौतम गृह नगर रहेको बाँसगढी पनि नगरपालिकामा कम मत प्राप्त गरेका थिए । बारबर्दिया नगरपालिकामा उनले अग्रता लिने विश्वास वाम गठबन्धनले गरेको भएपनि उनीप्रति असन्तुष्ट कार्यकर्ताले मत नदिएको स्थानीयको विश्लेषण छ । वामगठबन्धन हावी भएको ठाउँमा दुई गौतमबीच जित हार झिनो मत भएपनि कांग्रसले ऐतिहासिक विजय ठानेकोे छ ।
बामदेवप्रति रुष्ट थिए बर्दियाबासी
यसअघि बर्दिया क्षेत्र नम्बर १ बाट ३ पटक जितेका र २ पटक हारेका वामदेवले दोस्रो संविधान सभाको निर्वाचन बर्दिया र प्यूठान पनि निर्वाचन जितेका थिए । त्यतिबेला प्युठान रोजेका कारण उनीसँग बर्दियाली रुष्ट थिए । उपाध्यक्ष गौतमले बर्दियामा कुनै पनि विकासका काम नगरेको आरोप चुनावी प्रचारमा खेप्दै आएका थिए । एमाले उपाध्यक्ष गौतमले सुरुमा छोरा हरिश गौतमलाई उम्मेदवार बनाउन चाहेका थिए । त्यतिबेला कार्यकर्ताले तीब्र असन्तुष्टि जाएका थिए । पत्नी तुल्सा थापालाई सामानुपातिक नाम पारेपछि बर्दिया एमालेमा असन्तुष्टि चुलिएको थियो ।
नागरिकन्युजबाट

Womui
Womui