दाङ जिल्ला अब ‘वामपन्थी किल्ला’

138

दाङ-राष्ट्रिय राजनीतिसँग जोडिएको दाङ अब वामपन्थी दलको किल्ला बनेको छ । नेपाली काँग्रेसका प्रदेश सभा सदस्य डिल्ली चौधरी बाहेक अन्य सबै काँग्रेसका उम्मेदवार यसपटकको निर्वाचतमा पराजित भएका छन् । यसअघि दोस्रो संविधान सभा निर्वाचन २०७० नेपाली काँग्रेसले पुरै क्षेत्र जितेको थियो । प्रतिनिधि सभा र प्रदेश सभा गरी कुल ९ क्षेत्र रहेको दाङको नतिजा सार्वजनिक भएको छ । ९ क्षेत्र मध्ये ८ वटामा वामगठवन्धन विजयी भयो भने एक प्रदेशसभामा नेपाली कांग्रेस विजयी भएको छ ।

तीन वटै प्रतिनिधि सभामा वामगठवन्धन विजयी भएको छ । क्षेत्र नम्बर १ मा एमालेका मेटमणी चौधरी प्रतिनिधिसभा सदस्य निर्वा्चित भएका छन् । अहिले भर्खरै सकिएको मतगणना अनुसार उनले ३७ हजार ९ सय ८ मत प्राप्त गर्दै विजय प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी कांग्रेसकी शुसीला चौधरीले २४ हजार ७४ मत प्राप्त गरिन् । यसैगरी क्षेत्र नम्बर २ मा माओवादीका कृष्णबहादुर महरा निर्वा्चित भए भने क्षेत्र नम्बर ३ मा एमालेका हिराचन्द्र केसी निर्वा्चित भए । यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ क मा माओवादीका ईन्द्रजीत चौधरी निवार्चित भए भने प्रदेशसभा ख मा एमालेका रेवतीरमण शर्मा निर्वाचित भए । क्षेत्र नम्बर २ क मा एमालेका शंकर पोख्रेल निर्वा्चित भए भने ख मा एमालेकै अमरबहादुर डाँगी निर्वा्चित भए । क्षेत्र नम्बर ३ क मा भने नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरी निर्वाचित भए । दाङमा कमांग्रेसको तर्फबाट जित्ने उम्मेवार उनी मात्रै हुन् । यस्तै क्षेत्र नम्बर ३ ख मा एमालेका उत्तरकुमार ओली निर्वाचित भएका छन् ।

Womui
Womui