काँग्रेस नेता खड्का पराजित, एमालेका शाही विजयी

150

सुर्खेत-प्रतिनिधि सभा क्षेत्र नम्बर १ सुर्खेतबाट एमालेका ध्रुवकुमार शाही विजयी भएका छन् । मतगणनाको अन्तिम परिणाम अनुसार वाम गठबन्धनका शाहीले नेपाली काँग्रेसका सह–महामन्त्री एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कालाई पराजित गरेका हुन् ।

एमालेका शाहीले ३६ हजार ७ सय ५९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी खड्काले ३३ हजार ३ सय ७७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नम्वर–१ मा ७२ हजार ८ सय ८३ मत खसेको थियो । यो मध्ये एक हजार पाँच सय ९४ मत बदर भएको थियो ।

Womui
Womui