बाँके प्रदेश सभा ३ ‘ख’ मा वाम गठबन्धनका गौतम विजयी

115

नेपालगन्ज-बाँकेको प्रदेश सभा–३ ‘ख’ मा नेकपा एमालेका बाबुराम गौतम विजयी भएका छन् । नेपाली काँग्रेसका लक्ष्मीनारायण शाहलाई पराजित गरी गौतम विजयी भएका हुन् । वाम गठबन्धनका गौतमले ११ हजार ८ सय ७७ मत तथा निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका शाहले ७ हजार ५ सय ९२ मत ल्याए । तेस्रो स्थानमा आएका स्वतन्त्र उम्मेदवार विजय पाठकले ४ हजार २ सय ४० मत ल्याएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेश सभा–१ ‘ख’ मा नेकपा एमालेकी आरती पौडेल अगाडी छिन् । उनलाई नेपाली काँग्रेसका नारायणप्रसाद गौडेलले पछ्याईरहेका छन् । वाम गठबन्धनकी पौडेलले ९ हजार ३ सय ५ ल्याएर अगाडी छिन्, भने लोकतान्त्रिक गठबन्धनका गौडेलले ६ हजार ९ सय ८ मत ल्याएका छन् ।

Womui
Womui