काँग्रेस नेता पुर्णबहादुरलाई हराउने को हुन् धु्रवकुमार ?

46

सुर्खेत (बीरेन्द्रनगर)-प्रतिनिधि सभा क्षेत्र नम्बर १ सुर्खेतबाट नेपाली काँग्रेसका प्रभावशाली नेता पुर्णबहादुर खड्कालाई हराउने धु्रवकुमार शाही नेकपा एमाले सुर्खेतका अध्यक्ष हुन् । २०४५ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्यबाट कम्युनिष्ट राजनीति सुरु गरेका उनी २०५४ सालको स्थानीय निर्वाचनमा मालारानी गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।

शाही एमाले जिल्ला कमिटी सदस्य, उपसचिव हुँदै जिल्ला अध्यक्ष भएका हुन् । प्रतिनिधिसभामा विजयी भएपछि शाहीले जनताले अनुभूति गर्ने गरेर विकास निर्माणमा लाग्ने बताए । ‘६ नम्वर प्रदेशको प्रस्तावित राजधानी सुर्खेतलाई भौतिक पूर्वाधारमा सम्पन्न बनाउनु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘यसमा म क्रियाशील हुनेछु ।’

Womui
Womui