बाँकेको मतदान उत्साहपुर्ण

51

नेपालगन्ज-दोस्रो चरण अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहीबार उत्साहपुर्ण रुपले सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाँकेमा ६० प्रतिशत भन्दा बढी मत खसेको जानकारी दिएको छ । बाँकेमा १ सय ३६ मतदान स्थलमा रहेका ३ सय २७ वटा मतदान केन्द्रमा मतदान भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांस मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखी मतदान सुरु भएको थियो ।

मतदान बेलुका ५ बजे सम्म चलेको थियो । कतिपय केन्द्रमा मतदाता लाईनमा उभिएका कारण मतदान प्रक्रिया बेलुका सम्म चलेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए । उनले ६० प्रतिशत भन्दा बढी मत खसेको अनुमान गरेका छन् । सुवेदीले भने, ‘पुर्ण विवरण आईसकेको छैन, करिव ६० प्रतिशत भन्दा बढी खसेको प्रारम्भिक अनुमान गरेका छौं ।’ अधिकांस मतदान केन्द्रमा निर्धारित समय बिहान ७ बजेदेखी नै मतदान सुरु भएको थियो । बाँकेमा शान्तिपुर्ण रुपले चुनाव सम्पन्न भएको स्थानीय प्रशासनले जनाएको छ ।

 

Womui
Womui