बाँकेको ३ वटै क्षेत्रको मत गणना जारी

121

नेपालगन्ज-बाँकेका तीन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा निर्वाचनको मत गणना शुक्रबारबाट सुरु भएको छ । जारी मतगणनाको परिणाम अनुसार प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर २ मा संघिय समाजवादी फोरम नेपालले अग्रता लिईरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले छोएको उक्त क्षेत्रमा सबैको ध्यान केन्द्रित भईरहेको छ । यस्तै क्षेत्र नम्बर १ मा नेकपा माओबादी केन्द्र र क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ । क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओबादी केन्द्रका महेश्वरजंग गहतराज(अथक) अगाडी छन् । उनलाई लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका माधवराम खत्रीले पछ्याईरहेका छन् ।

अथक र खत्रीबीच करिव ४ सय मतको अन्तर रहेको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा संघिय समाजवादी फोरमका मोहम्मद ईस्तियाक राईले सुरुदेखी नै अग्रता लिईरहेका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका ओमप्रकाश आजादले पछ्याईरहेका छन् । राप्रपाका आजादलाई वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका पशुपति दयाल मिश्रले पछ्याईरहेका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नन्दलाल रोका(क्षेत्री)ले सुरुदेखी नै अग्रता लिईरहेका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका बादशाह कुर्मीले पछ्याईरहेका छन् । यसैबीच प्रदेश सभा–१ ‘क’ मा माओबादी केन्द्र र नेपाली काँग्रेसका उम्मेदवारबीच कडा टक्कर चलेको छ । वाम गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओबादी केन्द्रकी नेतृ कृष्णा केसी अगाडी छिन् । उनलाई लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका सरदचन्द्र बर्मा झिनो मतान्तरले पछाडी छन् ।

प्रदेश सभा–३ ‘क’ मा नेपाली काँग्रेसका चन्तराम थारुले अग्रता लिएका छन् । उनलाई माओबादी केन्द्रका ईन्द्रप्रसाद खरेल(आईपी)ले पछ्याईरहेका छन् । लोकतान्त्रिक गठबन्धनका थारु र वाम गठबन्धनका खरेलबीच रोमाञ्चक रुपले प्रतिस्पर्धा भईरहेको छ । प्रदेश सभा–२ क मा संघिय समाजवादी फोरम नेपालका विजय गुप्ताले अग्रता लिएका छन् । उनलाई नेपाली काँग्रेसका निरन्जनसिंह सिजापतिले पछ्याईरहेका छन् । तेस्रो स्थानमा नेकपा माओबादी केन्द्रका कामताप्रसाद खटिक छन् । सिजापति लोकतान्त्रिक गठबन्धनबाटछ र खटिक वाम गठबन्धनबाट उम्मेदवार बनेका हुन् । प्रदेश सभा–२ ‘ख’ मा नेपाली काँग्रेसका सुरेन्द्र हमालले अग्रता लिएका छन् । उनलाई संघिय समाजवादी फोरमका दुर्गेश गुप्ताले पछ्याईरहेका छन् । नेकपा एमालेका विजय गुप्ता तेस्रो स्थानमा छन् । हमाल लोकतान्त्रिक गठबन्धन र विजय वाम गठबन्धनबाट उम्मेदवार बनेका हुन् । यो समाचार तयार पार्दा सम्म प्रदेश सभा–१ ‘ख’ र प्रदेश सभा–३ ‘ख’ को मत परिणाम आधिकारिक रुपमा सार्वजनिक भएको छैन ।

Womui
Womui