मतदान केन्द्रमा थर्ड एलायन्सको निरिक्षण, मतदाता शिक्षा नपुगेको निस्कर्ष

136

नेपालगन्ज-तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) उपक्षेत्रीय कार्यालय नेपालगन्जले बुधबार बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन गरेको छ । अनुगमनका क्रममा थर्ड एलायन्सले डुडुवा गाँउपालिका अन्र्तगतका वडा र नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ६ मा मतदाता परिचाय पत्र लिन अत्यधिक न्युन मात्रामा आएको पाइएको जनाएको छ । नेपालगन्ज वडा ६ म्बर हडियाबाबा मतदान केन्द्रमा २ हजार ८३ मतदाता रहेपनि २ सय जनाले मात्र परिचय पत्र लगेको मतदान अधिकृत मधुसुदन रेग्मीले बताए । अधिकृत रेग्मीले फुल्टेक्रामा मतदाता शिक्षा कमीका कारण मतदाताहरु परिचयपत्र लिन नआएको बताए ।

यस्तै डुडुवा गाँउपालिका वडा नम्वर २ को नेराप्रावि सन्तलियमा रहेको मतदान केन्द्रमा १ हजार २ सय २८ मतदाता मध्ये १ सय ३१ जनाले मात्र मतदाता परिचय पत्र लिएको मतदान अधिकृत कृष्ण बहादुर केसीले बताए । थर्ड एलायन्सका उपक्षेत्रीय प्रमुख आलम खानले मतदाता शिक्षा गाउँ सम्म पुग्न नसकेका कारण मतदाताहरु परिचय पत्र लिन नआएको निष्कर्ष निकालेका छन् । सिमा नाकासँग जोडिएका गाउँलाई विशेष ध्यानमा राखी शान्ति सुरक्षालाई मजवुद बनाई स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न र मतदाताको अधिकारको संरक्षण गर्न सम्बन्धित सबैसँग अपिल गरेका छन् ।

Womui
Womui