‘निर्धक्क भएर भोट हाल्नुस्’ : निर्वाचन आयोग

136

काडमाठौं-निर्वाचन आयोगले निर्धक्क भएर भोट हाल्न मतदातालाई आग्रह गरेको छ । आयोगले आवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको समेत जनाएको छ । राजधानीस्थित आयोग कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बिहीबार बिहान ७ देखि ५ बजेसम्म निर्धक्क भई मतदान गर्न आम मतदातालाई आग्रह गरे ।

उनका अनुसार ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशभसभा २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुदैछ । ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७ सय ५२ मतदानस्थल र १५ हजार ३ सय  ४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् । पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ ।

Womui
Womui