राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आँखा परीक्षण

98

काठमाडौं-आँखामा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार आँखा परीक्षण गराएकी छन् । उनले त्रिवि शिक्षण अस्पतालमा आँखा परीक्षण गराएकी हुन् । डा. आनन्द शर्माको टोलीले राष्ट्रपति भण्डारीको आँखा परीक्षण गरेको थियो । आँखा परीक्षणपश्चात भण्डारी शितल निवास महाराजगन्ज फर्किसकेको अस्पताल स्रोतले जनाएको छ ।

Womui
Womui