ढुक्क भएर मतदान गर्न प्रधानमन्त्री देउवाको आग्रह

38

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन् । सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रवन्ध मिलाएकाले ढुक्क हुन उनले आग्रह गरे ।

स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने प्रधानमन्त्री देउवाको विश्वास छ । निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने उनले अपेक्षा गरेका छन् । ‘सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु,’ उनले विज्ञप्तीमा भनेका छन् ।

Womui
Womui