‘हिन्दु राष्ट्र पक्षधरको भोट मलाई आउँछ, जित सुनिश्चित छ’ : कँडेल

38

नेपालगन्ज-हिन्दु राष्ट्रका पक्षधरले आफुलाई भोट दिन भएकाले जित सुनिश्चित रहेको एकिकृत राप्रपा(राष्ट्रवादी) का केन्द्रिय सह–प्रवक्ता तेजनारायण कँडेलले बताएका छन् । ‘यो चुनाव देशलाई हिन्दु राष्ट्रमा फर्काउन चाहने शक्ति र धर्मनिरपेक्ष राष्ट्र कायम राख्ने शक्तिबीचको जनमत संग्रह हो,’ चुनावको अन्तिम प्रचार-प्रसारमा रहेका प्रतिनिधि सभा-२ बाँकेका उम्मेदवार कँडेलले सोमबार बिहान मतदातासँग कुराकानी गर्दै भने । क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका १७ जना उम्मेदवार मध्ये आफुले मात्र हिन्दु राष्ट्रको वकालत गर्दै आएका जिकिर गरे । ‘देशलाई हिन्दु राष्ट्रमा फर्काउन चाहनुहुन्छ, भने यो चुनावमा एकिकृत राप्रपा(राष्ट्रवादी)लाई भोट दिएर जिताउनुस्, नत्र यो देशमा हिन्दु धर्म, सँस्कृति अझ लोप भएर जाने निश्चित छ,’ कँडेलले भने ।

आफुले सुरुदेखी नै हिन्दु राष्ट्रको पक्षमा स्थानीय स्तरमा वकालत गर्दै आएको र सांसदमा निर्वाचित भएर गएपछि संसद बैठकमा टेबुल ठोकेर भएपनि हिन्दु राष्ट्रमा फर्काउने उनको उद्घोष छ । मौन अवधिको पूर्व सन्ध्यामा एकिकृत राप्रपा(राष्ट्रवादी)ले सोमबार बिहानैदेखी घरदैलो गरिरहेको छ । घरदैलोमा कँडेल सहित प्रदेश सभा-२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ता खटिएका छन् । घरदैलोका क्रममा छुटेका मतदाता समक्ष उनीहरु पुग्ने प्रयास गरिरहेका छन् ।

Womui
Womui