चुनाव प्रचारको अन्तिम कसरतमा लोकतान्त्रिक गठबन्धन

59

नेपालगन्ज-मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको प्रचार प्रसारको सोमबार अन्तिम दिन लोकतान्त्रिक गठवन्धनले थप आक्रामक रुपले प्रचार गरिरहेको छ । नेपाली काँगे्रस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनले उम्मेदवारको जित सुनिश्चित गर्न घरदैलो, कोण सभा लगायतका कार्यक्रम गर्दै आएकोमा सोमबार क्षेत्र नम्बर ३ र १ मा मा बृहत सभा तथा क्षेत्र नम्बर २ मा भने घरदैलो/भेटघाटलाई निरन्तरता दिएको छ ।

सोमबार मध्यरात १२ बजेबाट मौन अवधी सुरु हुने भएकाले उम्मेदवारले अन्तिम कसरत स्वरुप मतदाता भेटघाट र सभासँगै सञ्चार माध्यम, सामाजिक सञ्जाल समेतमा पनि प्रचारलाई तिब्र पारेका छन् । लोकतान्त्रिक गठबन्धनले निर्वाचन क्षेत्र न.३ (क) बैजनाथ ६ सम्झनाचोकमा प्रदेश स्तरीय बृहत आमसभा गरिरहेको छ । सम्पुर्ण नेता, कार्यकर्ता शुभेच्छुक, लोकतन्त्रप्रेमी आम समुदायको उपस्थितीमा कार्यक्रम सुरु भएको सचिवालयका प्रकाशबहादुर शाहीले जानकारी दिए । प्रतिनिधि सभा सदस्यमा बादसाह कुर्मी, प्रदेश सभामा लक्ष्मीनारायण शाह र चन्तराम थारु प्रतिस्पर्धामा छन् । यस्तै क्षेत्र नम्बर १ को कुसुममा दिउँसो १ बजे आम सभा गर्न लागिएको छ ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार माधबराम खत्री, प्रदेश सभा-१ क का उम्मेदवार सरदचन्द्र बर्मा र प्रदेश सभा-१ ख का उम्मेदवार नारायणप्रसाद गौडेलले त्यहाँ सम्वोधन गर्ने सचिवालय संयोजक डिल्ली गिरीले जानकारी दिए । बिहान ११ कोहलपुर मुख्य बजार क्षेत्रमा प्रचार प्रसार गरिएको छ । यस्तै बाँके क्षेत्र न २ मा पनि बिहानैदेखि घरदैलो सुरु गरिएको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ ख का सुरेन्द्र हमाल र प्रदेश सभा–२ क का उम्मेदवार निरन्जनसिंह सिजापति सहितका नेता, कार्यर्ताले वडा नम्बर १ मा घरदैलो गरेका छन् । दिउँसो १ बजे भृकुटीनगर प्रभात माध्यामिक बिद्यालयबाट घरदैलो गरेर साँझपख कारकाँदो चोकमा घरदैलो गरिने प्रदेश सभा प्रचार-प्रसार संयोजक सुनिलसिंह हमालले जानकारी दिए । लोकतान्त्रिक गठवन्धनका उम्मेदवारप्रति मतदाताको सद्भाव र विश्वास बढ्दै गएको प्रदेश सभा-२ ख का उम्मेदवार हमालले बताएका छन् ।

Womui
Womui