गलत प्रचार नगर्न पशुपति दयालमिश्रलाई नयाँ शक्तिको चेतावनी

54

नेपालगन्ज-वाम गठबन्धनका प्रतिनिधि सभा–२ बाँकेका उम्मेदवार पशुपति दयाल मिश्रलाई नयाँ शक्तिको सर्मथन रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्पmत गलत प्रचार गरिएको भन्दै नयाँशक्ति पार्टी बाँकेले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नयाँ शक्ति पार्टी बाँकेले निकालेको विज्ञप्ती ।

स्वतन्त्र राजनीतिक समुहको नाममा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका मिश्रका छोरा ओम मिश्राले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ शक्तिको समर्थन रहेको कुरा बताउनु हारको मानसिकताबाट अत्तालिएको नयाँ शक्तिको ठहर छ । नयाँ शक्ति पार्टी बाँकेका संयोजक हिक्मत बिकले आईतबार एक विज्ञप्ती जारी गरी आफ्नो पार्टीको केन्द्र तथा जिल्लाका कुनैपनि समितिले उम्मेदवार मिश्रलाई सर्मथन नगरेको स्पष्ट पारेका छन् । ‘साथै नयाँ शक्ति पार्टी नेपालका सदस्य सर्मथक, शुभचिन्तक आम जनताहरुलाई हाम्रा उम्मेदवारहरुलाई अवसरवादीहरुले फैलाएको भ्रममा नलागी आफ्नो अमुल्य मत दिई अत्यधिक मतले विजयी गराउनुहुन सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

वाम गठबन्धनका उम्मेदवारले यसरी गरेको प्रचारको आधिकारिक धारणा सार्वजनिक गर्न समेत नयाँ शक्ति पार्टी बाँकेले माग गरेको छ । ‘हामी निरन्तर रुपमा जनताको घरदैलो, चुनावी अभियानमा लागिरहेको जनताको उत्साह र सद्भावले निर्वाचनमा विजयी हुने अठोटका साथ अगाडी बढिरहेको यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ । नयाँ शक्ति पार्टी बाँकेले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई मैदानमा उतारेको जनाएको छ । जसअनुसार प्रतिनिधि सभातर्फ क्रमशः क्षेत्र नम्बर १ मा बुधबहादुर सुनार, क्षेत्र नम्बर २ मा वेदप्रसाद आचार्य र क्षेत्र नम्बर ३ मा बीरेन्द्रप्रकाश पुन रहेका छन् । यस्तै प्रदेश सभा–१ क मा निसिम खाँ पठान, ख मा डोलेश्वर भट्टराई, प्रदेश सभा–२ क मा फकरुल्ला पठान, ख मा सुनिलकुमार सिंघल, प्रदेश सभा–३ क मा गोगनसिंह बम र ख मा मोहम्मद अख्तर खाँलाई उम्मेदवार बनाएको विज्ञप्तीमा जनाइएको छ ।

पशुपतिदयाल मिश्र
पशुपतिदयाल मिश्रका छोरा ओम मिश्राको फेसबुक स्टाटस ।

 

Womui
Womui